दार्चुलाका सबै विद्यालयमै स्वास्थ्य शिविर सञ्चालन  | Khabarhub Khabarhub

दार्चुलाका सबै विद्यालयमै स्वास्थ्य शिविर सञ्चालन 


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

दार्चुलाका नाै वटा स्थानीय तहहरूका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन गरिनेछ । सम्बन्धित स्थानीय तहसँगको समन्वयमा बढी विद्यार्थी संख्या भएका विद्यालयहरू छनोट गरी स्वास्थ्य शिविर सञ्चालन गरिने कार्कीले बताए ।

हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानीय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाँकी छ । दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा १२ फागुन र गौरीलमाण्डौ मावि हिकिलामा १३ फागुनमा शिविर सम्पन्न भएको छ । त्यसैगरी ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा १५ फागुन र सम्पाल मावि सुन्सेरामा १६ फागुनमा  शिविर सम्पन्न गरिएको कार्कीले बताए ।

 यी चारवटा विद्यालयहरूका करिब एक हजार ४०० विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको छ । जसमध्ये आँखा परीक्षण सबैको गरिएको र कान तथा दाँतको परीक्षण समस्या भएका विद्यार्थीहरूकाे मात्र गरिएको कार्कीले बताए ।

प्रत्येक विद्यालयमा दाँत र कानसम्बन्धी समस्या भएका ३०/४० जना विद्यार्थी भेटिएका छन् । उनीहरूलाई औषधि वितरण गरिएको उनले बताए । विद्यार्थीहरूको आँखा, कान र दाँत परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाबाट तथा आँखा उपचार केन्द्रबाट दुई जनाको टोली आवश्यक परीक्षण सामग्री तथा औषधि बोकेर विद्यालयमा पुगेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : ३४ बजे

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा