पोखरामा फेरि बर्डफ्लु पुष्टि | Khabarhub Khabarhub

पोखरामा फेरि बर्डफ्लु पुष्टि


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुई वटा ठाउँमा एकै पटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पटाइएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।

खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्डफ्लु पुष्टी भएको छ । रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छी जन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए ।

‘किसानले पालिरहेको कुखुरा मर्‍यो भनेर टेष्ट गर्न ल्याउनुभयो । यहाँ पोजेटिभ देखिएपछि काठमाडौँ पठाएका थियौँ, त्यहाँ पुष्टि नै भयो,’ उनले भने, ‘१५ गते नेपाल सरकारको मन्त्री स्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ । आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।

योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । ‘घरको छतमा राखेर पाल्ने र खुला जमिन भएकोले वरिपरि पनि गएको हुन सक्ने आशंका छ । हामी खोजी गरिरहेका छौँ,’ न्यौपाने भन्छन्, ‘व्यावसायिक फार्म नभएकोले खासै धेरै क्षति हुँदैन भन्ने आँकलन छ । रोगले मरेको मरिहाल्यो, जिउँदो धेरै छैन ।’

अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सधैँ बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन (अहिले देखिएकै ठाउँ नजिक) मा संक्रमण फैलिएको थियो । ३ वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो ।

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रसारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : ४५ बजे

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य