हुम्लामा नयाँ भाडादर निर्धारण | Khabarhub Khabarhub

हुम्लामा नयाँ भाडादर निर्धारण


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ ।

हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्थालगायतकाको उपस्थतिमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा बाटो इजाजत पत्र बिना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै सो निर्णय गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतको परिपत्र अनुसार सो व्यवस्था गरिएको हो । जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरुपता बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लामा उक्त परिपत्र आएको थियो ।

हुम्लामा कतिपय गाडी अनुमतिविना सञ्चालन भएका, कालो प्लेटसमेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका छन् । सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ ।

अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८०, ताँजाकोटको कवाडीदेखि मैला–छपे्रला–चाखुरेसम्म ८८, पैमा देखि सिरुपाटा–गोठेलवाडासम्म ८८ र लयाटा–काडागाउँसम्म ५६ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै छप्रेलादेखि नैकालासम्म ३२, खच्चादेखि भुज्माधारासम्म ४०, सरिसल्ला मैला कवाडी ३१२, सरिसल्ला पिप्पलाङ ४०, लोती–मुगु सिमानासम्म २१६ तथा सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ । यसैगरी माथिल्लो भेगको खार्पुनाथ–खर्पेलगाउ ६०, खार्पुनाथ–बोक्चेगौडा ४०, खार्पुनाथ– सिमकोट १२०, सिमकोट– लिमाटाङ रलिग १५०, सिमकोट–बरागाउँ, ठेहे, दोजाम २२०, सिमकोट– हेप्का १७०, सल्ली–लिमी ५५०, ट्याक्ची–हल्जी १५० रुपैयाँ कायम भएको छ । त्यस्तै सिमकोट–औलधिगा १५०, सिमकोट–लेखधिगा २२०, सिमकोट– लेगधिगा–लिमिलाप्चा ९०० र सिमकोट हिल्सा ९५० भाडादर कायम गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : ५१ बजे

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी

‘सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौँ’

काठमाडौं– नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी

युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु

किएभ– युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका