छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, बारा, दाङ र दार्चुलामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

काठमाडौं महा नगरपालिका–६ सरस्वतीनगरमा बा ६४ प १३९६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा दई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगरमा बागमती प्रदेश ०३–००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुड्दा किचिएर एक जना १८ महिनो बालकको मृत्यु भएको छ ।

बाराको कोल्हबी नगरपालिका–६ अधन्वामा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीया भोलिया देवी थरुनी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ उखुबारीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१५ थारुगल्ली बस्ने १८ वर्षीय अजय चौधरी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दाङकै गढवा गाउँपालिका–२ महादेवा पुलमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार राति ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–४ मा से.२ त १७९९ नम्बरको ट्रली नजोडेको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका–२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्का छन् । ट्याक्टरले च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : ३१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ