पर्यटकीयस्थल देउराली डाँडामा बौद्ध स्तुपा बन्दै | Khabarhub Khabarhub

पर्यटकीयस्थल देउराली डाँडामा बौद्ध स्तुपा बन्दै


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – पर्यटन प्रवर्दन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो ।

समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ ।

उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपाको निर्माण थालेका थिए । असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुपा, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए  ।

स्तुपा निर्माणका लागि करिब रु डेढ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ एवं जुहाङहर्राचौरका नागरिकले स्तुपा निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । स्तुपा निर्माणका लागि स्थानीय एवं युकेका लेफ्टेन हाल हङकङ बस्ने कुलबहादुर बुढाथोकीको नेतृत्वमा अहिलेसम्म रु ५५ लाख रकम जुटेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ३६ बजे

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज