टाटासुमो दुर्घटना अपडेट : एकै परिवारका तीन जनाको मृत्यु, ५ घाइते | Khabarhub Khabarhub

टाटासुमो दुर्घटना अपडेट : एकै परिवारका तीन जनाको मृत्यु, ५ घाइते


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवास्थित मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

निर्माणाधीन सडकखण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका–१ गुम्चेतमा भएको बा. १० च ५८२० नम्बरको टाटासुमो दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवाको आमाछोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नोर्बु तामाङ रहेको रसुवाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते हुनेमा २९ वर्षीया मुनजुङ तामाङ र उनको छोरा चार वर्षीय वाङ्गेल तामाङ, तीन वर्षीय बालक निमा छेवाङ, ३४ वर्षीया देउरानी तामाङ र गाडीका चालक ३० वर्षीय निमाकामी तामाङ रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि सोमबार राति नै काठमाडौ पठाइएको छ ।

प्रहरीको अनुसार एउटै परिवारका सदस्य रहेका उनीहरु पोखरा स्थित गुम्बामा अध्ययनको लागि राखेको बच्चासंग भेट गरेर घरतर्फ फर्कदै गरेको समयमा सोमबार साझ साढे ६ बजे दुर्घटनामा परेका हुन् ।

निर्माण भइरहेको कच्ची सडकमा रातको समयमा तीव्र गतिमा चलाएकाले अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : २६ बजे

अध्यक्ष लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग