टाटासुमो दुर्घटना अपडेट : एकै परिवारका तीन जनाको मृत्यु, ५ घाइते « Khabarhub

टाटासुमो दुर्घटना अपडेट : एकै परिवारका तीन जनाको मृत्यु, ५ घाइते


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवास्थित मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

निर्माणाधीन सडकखण्ड अन्तरगत रसुवाको कालिका गाउँपालिका–१ गुम्चेतमा भएको बा. १० च ५८२० नम्बरको टाटासुमो दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवाको आमाछोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नोर्बु तामाङ रहेको रसुवाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते हुनेमा २९ वर्षीया मुनजुङ तामाङ र उनको छोरा चार वर्षीय वाङ्गेल तामाङ, तीन वर्षीय बालक निमा छेवाङ, ३४ वर्षीया देउरानी तामाङ र गाडीका चालक ३० वर्षीय निमाकामी तामाङ रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि सोमबार राति नै काठमाडौ पठाइएको छ ।

प्रहरीको अनुसार एउटै परिवारका सदस्य रहेका उनीहरु पोखरा स्थित गुम्बामा अध्ययनको लागि राखेको बच्चासंग भेट गरेर घरतर्फ फर्कदै गरेको समयमा सोमबार साझ साढे ६ बजे दुर्घटनामा परेका हुन् ।

निर्माण भइरहेको कच्ची सडकमा रातको समयमा तीव्र गतिमा चलाएकाले अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : २६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा