कैलालीमा भारत सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन « Khabarhub

कैलालीमा भारत सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ ।

बुधबार भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भवनको उद्घाटन गरेका हुन् ।

चार करोड २२ लाख ६० हजारको लागतमा यी भवनहरूको निर्माण गरिएको दूतावासले जनाएको छ ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन अघि सारिएको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो ।

सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६ सय ६५ विद्यार्थी अध्ययनरत छन् ।

समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहका अधिकारीहरूको उपस्थिति थियो ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २३ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । त्यस्तै, ४ सय ६७ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कैलालीका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् ।

यसका साथै, भारतले कैलालीका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ