बाढीबाट अष्ट्रेलियामा ११ को मृत्यु « Khabarhub

बाढीबाट अष्ट्रेलियामा ११ को मृत्यु


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

न्यु साउथ वेल्सको प्रहरीले बुधबार राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको हो ।

बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।

गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षा पछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पूर्वानुमान कार्यालयले जनाएका छन् ।

हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागहरूमा भारी वर्षाद्वारा आउनसक्ने विपत्तिको पूर्वानुमान गरिएको छ ।

यी क्षेत्रहरूमा आगामी छ घण्टासम्ममा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ४५ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने