बाढीबाट अष्ट्रेलियामा ११ को मृत्यु | Khabarhub Khabarhub

बाढीबाट अष्ट्रेलियामा ११ को मृत्यु


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

न्यु साउथ वेल्सको प्रहरीले बुधबार राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको हो ।

बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।

गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षा पछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पूर्वानुमान कार्यालयले जनाएका छन् ।

हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागहरूमा भारी वर्षाद्वारा आउनसक्ने विपत्तिको पूर्वानुमान गरिएको छ ।

यी क्षेत्रहरूमा आगामी छ घण्टासम्ममा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ४५ बजे

गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा– गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको