प्रतिनिधिसभाका सांसद् प्रदीप यादवमाथिको कारबाही फुकुवा | Khabarhub Khabarhub

प्रतिनिधिसभाका सांसद् प्रदीप यादवमाथिको कारबाही फुकुवा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।

जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको थियो ।

देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नपरेको भन्दै उनी पक्षका नेता तथा कार्यकर्ताले पार्टी अध्यक्षको विरोधसहित पुत्ला दहन गरेका थिए । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोपसमेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : २९ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध