गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट « Khabarhub

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेट भएको छ ।

बुधबार गृह मन्त्रालय पुगेका राजदूत बेरी र गृहमन्त्री खाँणबीच एमसीसीलगायत विषयमा परामर्श भएको हो ।

भेटमा खाँणले एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सफल भएको र नेपाली जनता तथा नेपाल सरकार खुशी रहेको राजदूत बेरीलाई बताएका थिए ।

एकातिर एमसीसी पास गर्नुपर्ने अनि अर्कोतर्फ सबै दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने चुनौती भए पनि वर्तमान सरकारलाई असर नपारी एमसीसी अनुमोदन गराउन सरकार सफल भएको पनि उनले बेरीलाई बताएका थिए ।

एमसीसीको विषयमा गरिएको व्याख्यात्मक घोषणाबारे आफूहरूले पहिलादेखि भन्दै आएको पनि राजदूत बेरीले बताए ।

भेटमा राजदूत बेरीले प्रधानमन्त्री शेरबहादुर र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको पनि बताएका थिए ।

यसअघि, मंगलबार बेरीले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसी पास गराएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ४९ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले