दोहा – ओमानले कोरोना महामारी कम भएसँगै यात्रा नीति परिवर्तन गरेको छ ।
अबदेखि ओमान प्रवेश गर्नेलाई कोभिड-१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नचाहिने भएको भएको हो ।
ओमानस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमानमा मान्यता प्राप्त खोप दुई डोज लगाएका नेपालीलाई पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको छ।
जोनसोन एण्ड जोनसनको भने एक मात्रै डोज लगाएको भए पनि मान्य हुनेछ ।
ओमान सरकारको यसअघिको निर्णय अनुसार ‘यात्रा प्रमाणपत्रको सर्टिफिकेट’ पनि आवश्यक नपर्ने दूतावासले जनाएको छ ।














प्रतिक्रिया