राष्ट्रसंघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गर्‍यो, भारत र चीन तटस्थ | Khabarhub Khabarhub

राष्ट्रसंघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गर्‍यो, भारत र चीन तटस्थ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ ।

रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्‍मा ४७ देश सदस्य छन् ।

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ९ : ०३ बजे

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी

फेसबुकेसँग सल्लाह लिएर औषधि किन्छन् बिरामी, जथाभावी एन्टिबायोटिक प्रयोगले गम्भीर असर

विराटनगर– विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य

नागरिकताको अभिलेखलाई ‘डिजिटलाइजेसन’

नवलपुर– चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो तीन महिनामा नवलपरासी

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान,