मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु | Khabarhub Khabarhub

मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु भएको छ ।

फागुन औँसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोसमेत सहभागी हुनेछन् ।

डोलापछि परम्परागत बाजाँगाजासहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागिता हुने गर्छन् । लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्छ ।

१५ दिने परिक्रममा अन्तर्गत  क्रमश जनकपुरको हनुमान नगर,  बिहारको कलनास्थित कल्यानेश्वर,भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता,  धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने सुन्दरसदनका कुट्टीका महन्थ नवलकिशोर शरणले जानकारी दिए ।

नेपालका धनुषा, महोत्तरी तथा भारतको बिहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाउँ समेट्ने परिक्रमा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । बृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारका परिक्रमा मनाइन्छ ।

मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा अघि भएको साहित्यकार डा.राजेन्द्र विमलले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ३५ बजे

तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

काठमाडौँ- तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने  

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग

‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी

काठमाडौं – असोज ३१ बाट प्रदर्शनमा आउन लागेको नायक अनमोल

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

एजेन्सी– ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरेर मनाइयो

काठमाडौं– आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन मंगलबार