पर्वतको जलजलाबाट चार करोडको सुन्तला निकासी « Khabarhub

पर्वतको जलजलाबाट चार करोडको सुन्तला निकासी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोडको सुन्तला निकासी भएको छ ।

पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषकआबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपटक प्रतिकिलो १४० का दरले चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए ।

‘गत वर्षभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो’, उनले भने  ‘भाउ पनि राम्रो पाइयो ।’ उनका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तार हुन लागेकाे हाे । 

एक कृषकले वर्षमा १५ लाखसम्मको सुन्तला बेचेर आम्दानी गर्छन् । कृषक रुद्रबहादुर खत्रीले यसपटक आठ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको बताए । ‘फल र गुणस्तर राम्रो भएकाले विदेशको विकल्पमा यही सुन्तलाखेती गरेको छु’, उनले भने , ‘अनुकूल हावापानी, भूगोल, राम्रो उत्पादन र मूल्यका कारण बाँसखर्कमा सुन्तलाखेती फस्टाएको छ ।’ 

बेनी, कुश्मा, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, जनकपुर, वीरगञ्जलगायत सहरबाट बगैँचामा आएका व्यापारीले अग्रिम पैसा दिएर सुन्तला खरिद गरेका कृषक ख्यामबहादुर खत्रीले बताए । देशका अन्य ठाउँको सुन्तला बिक्री भइसकेपछि माघदेखि बाँसखर्कका सुन्तला बजार पठाउन थालिएको थियो । 

बगैँचा ब्यवस्थापन र झरेका दानाको सुरक्षित ब्यवस्थापन गरेकाले यसपटक सुन्तलाको उत्पादन बढेको कृषक शिवबहादुर खत्रीले बताए । ‘हाँगा काटछाट, मलजल गरेकाले यसपाली उत्पादन बढेको हो’, उनले भने , ‘किराले झरेका सुन्तलाको दानालाई प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेकाले यसपाली यो समस्या पनि कम भयो ।’

बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यावसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनी बढ्दै गएको छ ।

यहाँबाट विस्थापित पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका हुन् । सिँचाइ बाँसखर्कको सुन्तलाखेतीका लागि प्रमुख आवश्यकता देखिएको छ । बाँसखर्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिएको छ । तर जोनबाट पकेटको जस्तो पनि सुविधा नपाएको कृषकले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ४ : ०३ बजे

सर्वोच्चले गर्‍यो ओलीलाई छाड्न अस्वीकार, सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण, प्रहरीको भूमिकामा कुनै हस्तक्षेप नहुने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका