बाढीपीडित हेलम्बुवासीको मागः बासस्थान र आयआर्जनको व्यवस्था गरियोस् « Khabarhub

बाढीपीडित हेलम्बुवासीको मागः बासस्थान र आयआर्जनको व्यवस्था गरियोस्


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची बाढी प्रभावित हेलम्बुवासीले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रमको माग गरेका छन् ।

हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिले चिलाउनेघारीमा सरोकारवालासँग गरेको अन्तक्र्रियामा उनीहरूले यस्तो माग गरेका हुन् । बाढी प्रभावितमध्ये केहीको घर बनाउन जग्गासमेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर तथा आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन् ।

हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने जनाउँदै रकम थप गर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै, स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्याम्पसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछानेलगायतले बाढीपीडित राजनीतिक रूपमा विभाजित नभई एकजुट भएर पुनःनिर्माणमा जुट्नुपर्ने बताए ।

कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ प्रशासन सहायक धर्मराज देवकोटाले खोला नियन्त्रणका लागि अल्पकालीन रुपमा ३० करोड र सडकका लागि २५ करोड बजेट विनियोजन भइसकेको भन्दै यथाशीघ्र सम्झौता गरी बाँकी बस्ती संरक्षण र बाटोको काम सुरु गर्न हेलम्बु गाउँपालिकालाई अनुरोध गरेका थिए ।

उनले वैकल्पिक बाटोका लागि पनि थप बजेट विनियोजन भएको जनाउँदै मेलम्ची अम्बाथान सडकका लागि ७५ करोड प्रस्ताव पेश गरिएको पनि जानकारी दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बाढी प्रभावितले पाँच लाखले घर निर्माण गर्न सम्भव नभएको भन्दै रकम थप गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ४ : ५३ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल