रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु « Khabarhub

रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोमानियामा भएका हवाई दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको रोमानियाका अधिकारीले जनाएका छन् ।

रोमानियाको गुरा डोब्रोगे क्षेत्रस्थित विमानस्थलबाट उडेको केही समयमा नै हेलिकोप्टर दुर्घटनामा परेको थियो । रोमानियाका अधिकारीहरुले दुर्घटनाको पुष्टि गर्दै दुर्घटनाग्रस्त आइएआर ३३० पुमा हेलिकोप्टर विमानस्थलबाट ११ किलोमिटर टाढा फेला परेको जनाएका छन् । उक्त हेलिकोप्टर रडारबाट गायब भएको मिग २१ लान्सर लडाकु विमानको खोजी अभियानमा थियो ।

कृष्ण सागरमा हवाई गस्तीका लागि उडेको रोमानियाली वायुसेनाको विमान हराएपछि यसलाई खोज्न हेलिकोप्टर पठाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हराएको भनिएको उक्त लडाकु विमान पनि कृष्णसागरकै तटनजिक फेला परेको जनाइएको छ । उक्त दुर्घटनामा विमानका ३१ वर्षे पाइलटको पनि मृत्यु भएको रोमानियाका अधिकारीले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ३५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः