उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान « Khabarhub

उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेश राज्यमा विधानसभाका लागि मतदान जारी छ । विधानसभा चुनाव अन्तर्गत छैटौँ चरणको मतदान भएको हो । छैटौँ चरणको चुनाव अन्तर्गत १० जिल्लामा ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारी दिएको गोरखपुरमा निर्वाचन क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । योगी आदित्यनाथ पनि चुनावी दौडमा रहेकाले यो चरणको मतदानलाई अत्यन्त महत्वका साथ हेरिएको छ ।

गोरखपुर बाहेक बललिया, सन्त कबीर नगर, बस्ती, बलरामपुर, महाराजगञ्ज, सिद्धार्थनगर, कुशिनगर, अम्बेडकरनगरडिओरियामा पनि आजै मतदान भएको हो ।

उत्तर प्रदेशको विधानसभामा ४०३ सिट कायम छ जसमा बहुमतका लागि २०२ सिट आवश्यक पर्छ । गत फेब्रुअरी १० तारिखबाट शुरु भएको निर्वाचनको सातौँ तथा अन्तिम चरणको मतदान आगामी ७ मार्चमा हुनेछ 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ४१ बजे

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६