एमसीसी अनुमोदन भयो, अब राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह « Khabarhub

एमसीसी अनुमोदन भयो, अब राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै दलले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उनले राष्ट्र र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

उनले अन्य पार्टीमा जस्तो काँग्रेसभित्र एमसीसीको विषयमा कसैको फरक मत नरहेको दाबी गरे ।

नेता सिंहले विपक्षी दल नेकपा एमालेले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताए ।

उनले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणासमेत राखे ।

बैठकमा काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ, नेपाली काँग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायत नेताको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ०७ बजे

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि

विष्णु पौडेलको रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

 काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको

वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु

काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा  देशभर भएका

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा