नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी « Khabarhub

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ ।

फागुन २३ गते हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधानसभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी दिएका हुन् ।

उनीहरूले जनकपुरधामस्थित काँग्रेसको निर्वाचन समितिमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनै जना उम्मेदवारले आफ्ना समूहका नेता तथा कार्यकर्ता लिएर प्रचारप्रसार गर्दै उम्मेदवारी दर्ता गराए

उनीहरूले आ–आफ्नो जित सुनिश्चत रहेको दाबी गरेका छन् ।

काँग्रेस जिल्ला निर्वाचन समितिअनुसार बिहीबार उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन र शुक्रबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ वजेदेखि १ बजेसम्म दाबी विरोध, १ बजेदेखि ३ बजेसम्म दाबी विरोधको छानबिन, ३ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकासनको समय तोकिएको छ ।

त्यसैगरी, शनिबार र आइतबार प्रचारप्रसार र २३ फागुन सोमबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र सोही दिन साँझ ७ बजेदेखि मतगणनाको कार्यक्रम तोकिएको छ । काँग्रेसको धनुषा जिल्ला अधिवेशनमा तीन हजार १८७ मतदाता छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : ०१ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण