युक्रेनको बन्दरगाहमा बंगलादेशी पानीजहाजमा आक्रमण, एकको मृत्यु | Khabarhub Khabarhub

 युक्रेनको बन्दरगाहमा बंगलादेशी पानीजहाजमा आक्रमण, एकको मृत्यु


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— युक्रेनको तटपारी कृष्ण सागरमा बङ्गलादेशको मालवाहक पानीजहाजमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । पानीजहाजमा बम अथवा क्षेप्यास्त्रबाट आक्रमण हुँदा पानीजहाजको चालक दलका एक सदस्यको मृत्यु भएको हो । कृष्ण सागरकै तटमा रहेको ओल्भिया बन्दरगाहमा राखिएको पानीजहाजमा आक्रमण भएको जनाइएको छ ।

पानीजहाजमा रहेका अरु २८ चालक दलका सदस्य सकुशल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, युक्रेनको बन्दरगाह शहर ओदेसामा इस्टोनियाको कम्पनीद्वारा सञ्चालित अर्को पानीजहाज पनि डुबेको छ । दक्षिण प्रशान्त क्षेत्रको मुलुक मार्सल टापुको ध्वजावाहक पानीजहाजमा विस्फोट भएपछि चालक दलका दुई सदस्य सानो डुङ्गामा चढेर बच्न सफल भएको जनाइएको छ । घटनामा अरु ४ जना हराइरहेका छन् ।
पानीजहाजमा चार युक्रेनी, एक रुसी र एक बेलारुसी नागरिक रहेको पानीजहाज सञ्चालक कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता तीन वटा पानीजहाजमा क्षति पुगेको छ भने मुख्य पारवहन कम्पनीहरूले युक्रेनको तटपारी कृष्ण सागरमा पानीजहाजको सञ्चालन बन्द गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : २० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित