चीनमा कोरोना संक्रमित बढे « Khabarhub

चीनमा कोरोना संक्रमित बढे


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबारमात्रै चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि जानकारी दिइएको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।

त्यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा सङ्क्रमितहरु बढेको पाइएको छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : १० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय