तिब्बती आन्दोलन दिवसमा ताइवानमा विशाल प्रदर्शन गरिने « Khabarhub

तिब्बती आन्दोलन दिवसमा ताइवानमा विशाल प्रदर्शन गरिने


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बती तथा अन्य अधिकार समूहहरुले चीनविरुद्ध प्रदर्शन गर्ने भएका छन् । ताइवानको राजधानी ताइपेईस्थित संसद्भवन अगाडि पत्रकार सम्मेलन गर्दै चिनियाँ अत्याचारविरुद्ध आगामी मार्च १० मा प्रदर्शन गर्ने जानकारी दिइएको हो ।

तिब्बती आन्दोलन दिवसको मौका पारेर प्रदर्शन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामाको कार्यालयका प्रतिनिधि केल्साङ ग्यात्सेन बावा र ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोगेसिभ पार्टी डीपीपीका सांसद्हरु डा. लिन चिङ–यी, हुङ् सुन–हान तथा न्यु पावर पार्टीका सांसद् क्लारी वाङको सहभागिता थियो ।

सन् १९५९ मा चिनियाँ कम्युनिष्ट पार्टीको शासनविरुद्ध तिब्बतको राजधानी ल्हासामा भएको शान्तिपूर्ण प्रदर्शनको मौका पारी विश्वभर तिब्बती आन्दोलन दिवस मनाउने गरिन्छ ।

त्यसबाहेक शनिबार पनि ताइपेइमा विशाल प्रदर्शनको तयारी भइरहेको छ भने बुधबारमात्रै साइकल र्‍यालीको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : ४३ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा