मोल्दोभाले पनि इयूका लागि आवेदन दिने « Khabarhub

मोल्दोभाले पनि इयूका लागि आवेदन दिने


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनसँग सीमा जोडिएको मुलुक मोल्दोभाले युरोपेली युनियनमा सदस्यताका लागि आवेदन दर्ता गराएको छ ।

रुसी फौजले युक्रेनमाथि आक्रमण शुरु गरेको एक सातापछि मोल्दोभाले ईयू सदस्यताका लागि आवेदन दिएको हो । मोल्दोभाकी राष्ट्रपति माया सन्दुले विज्ञप्ति जारी गर्दै इयू सदस्यताका लागि आग्रह गरिएको जानकारी दिएकी हुन् ।

‘हामी शान्ति समृद्धिका साथ बाँच्न चाहन्छौँ, स्वतन्त्र विश्वको हिस्सा हुन चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘केही निर्णय हुन समय लाग्नसक्छ, तर अरु निर्णयहरु तत्काल र निर्णायक रुपमा लिइनुपर्छ र बदलिँदो विश्वले प्रदान गर्ने अवसरको सदुपयोग गरिहाल्नुपर्छ ।’

केही दिनभित्रै आवेदनको औपचारिक पत्र ब्रसेल्स पठाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोभियत सङ्घबाट सन् १९९१ मा स्वतन्त्र भएयता मोल्दोभामा रुस पक्षका र युरोपेली पक्षका राजनीतिक नेताहरूबीच तीब्र ध्रुवीकरण हुँदै आएको छ । मोल्दोभा युरोपेली महादेशकै सबैभन्दा गरिब मुलुक मानिन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ३० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा