भारतीय विद्यार्थी ओसार्न रुसद्वारा १३० बस तयार « Khabarhub

भारतीय विद्यार्थी ओसार्न रुसद्वारा १३० बस तयार


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय तथा अन्य विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता गर्न रुसले १३० वटा बसको व्यवस्था मिलाएको छ । १३० वटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले जनाएका हुन् ।

‘भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्’ मिजिन्त्सेभलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

सुरक्षा जाँच चौकीमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । ‘उनीहरूलाई तातो खाना पनि उपलब्ध गराइनेछ’ रुसी समाचार एजेन्सी तासले जनाएको छ ।  त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि  सैन्य आक्रमण शुरु भएको घोषणा गरेयता युक्रेनमा भिडन्तका समाचारहरु आइरहेका छन् । यही क्रममा रुसी फौजको गोलाबारीबाट केही दिनअघि मात्रै पूर्वी युक्रेनको खार्किब शहरमा एक भारतीय नागरिकले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ५० बजे

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण