चरेशसहित भारतीय नागरिक पक्राउ « Khabarhub

चरेशसहित भारतीय नागरिक पक्राउ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले शुक्रबार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रणमा लिएको बताए।

“कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेश बरामद गरेका हौँ”, उनले भने, “विस्तृतमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दैछ ।” विगत एक दशकयता महेन्द्रनगरमा कवाड सङ्कलन गर्दै आएका जैसवालले कवाडी राखेको बोराबाट चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

“कवाड सङ्कलन स्थलमा अहिले प्रहरीले घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको छ”, बमले भन्नुभयो, “चरेश कसले कहाँबाट ल्यायो भन्ने विषयमा सघन अनुसन्धान हुन्छ ।” पछिल्लो केही वर्षयता लागूऔषध नियन्त्रणका लागि सक्रिय रूपमा खटिएको कञ्चनपुर प्रहरीले यहाँ दिनहुँजसो लागुऔषध चरेश, ब्राउन सुगरसहित अभियुक्त पक्राउ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : १५ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम