चरेशसहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

चरेशसहित भारतीय नागरिक पक्राउ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले शुक्रबार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रणमा लिएको बताए।

“कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेश बरामद गरेका हौँ”, उनले भने, “विस्तृतमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दैछ ।” विगत एक दशकयता महेन्द्रनगरमा कवाड सङ्कलन गर्दै आएका जैसवालले कवाडी राखेको बोराबाट चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

“कवाड सङ्कलन स्थलमा अहिले प्रहरीले घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको छ”, बमले भन्नुभयो, “चरेश कसले कहाँबाट ल्यायो भन्ने विषयमा सघन अनुसन्धान हुन्छ ।” पछिल्लो केही वर्षयता लागूऔषध नियन्त्रणका लागि सक्रिय रूपमा खटिएको कञ्चनपुर प्रहरीले यहाँ दिनहुँजसो लागुऔषध चरेश, ब्राउन सुगरसहित अभियुक्त पक्राउ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : १५ बजे

३३ ठूला आयोजना अलपत्र

सुर्खेत– कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं–  काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज

बढी मूल्यमा पानी बेच्नेलाई दुईलाख रुपैयाँ जरिवाना

कास्की– तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि