शेन वार्नको त्यो ‘बल अफ द सेन्चुरी’ बलिङ « Khabarhub

शेन वार्नको त्यो ‘बल अफ द सेन्चुरी’ बलिङ

लेग स्पिनका बादशाहको निधनले स्तब्ध विश्व क्रिकेट


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ : ५२ वर्षकै उमेरमा स्पिन बलिङका बादशाह मानिने शेन वार्नको अचानक मृत्यु भएको खबर फैलिएपछि विश्व क्रिकेट स्तब्ध बनेको छ । शुक्रबार राती थाइल्याण्डमा वार्नको निधन भएको फक्स स्पोट्र्र्सले जनाएको थियो ।

सुरुमा पत्याउन मुश्किल पर्ने यो समाचार सत्य सावित भएपछि विश्वभरका क्रिकेटर स्तब्ध बनेका हुन् । क्रिकेट पारखी र क्रिकेटरका लागि साच्चै दुखित तुल्याउने यो समाचारअनुसार शेनको थाइल्याण्डमा रहेको एक बंगलामा निधन भएको हो ।

अचानक भएको हृद्यघातले उनलाई बचाउन सबै प्रयास गरिएपनि होस फर्काउन नसकिएपछि मृत घोषणा गरिएको थियो । सन् १९६९ मा जन्मिएका वार्नले अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा सन् १९९२ मा डेब्यु गरेका थिए ।

विश्व क्रिकेटमा स्पिनका अलवा लेग स्पिनलाई वार्नले नै स्थापित गरेका थिए । लेग स्पिनका कारण वार्नलाई विश्वभर चर्चित बनाएको हो ।

अष्ट्रेलियाले सन् १९९९ को विश्वकप जित्दा वार्नले उत्कृष्ट प्रदर्शन गरेका थिए । टेस्ट क्रिकेटमा सर्वाधिक ७०८ विकेट लिएका वार्नलाई ‘बल अफ द सेन्चुरी बलर’का रुपमा पनि चिनिन्छ । उनले फ्याकेको स्पिन र योर्कर बललाई विश्व क्रिकेटमा ‘बल अफ द सेन्चुरी भनिन्छ’ ।

सन् २००७ मा विश्व क्रिकेटबाट सन्यास लिएका वार्नको मृत्युलाई क्रिकेट अष्ट्रेलियाले सबैभन्दा ठूलो दुःखद समाचार भएको जनाएको छ । उसले वार्नलाई स्पिन बलिङको बादशाहको उपमा दिएको छ । यस्तै भारतीय क्रिकेटर विराट कोहलीले वार्न विश्वकै उत्कृष्ट बलर भएको टिप्पणी गरेका छन् ।

वार्नको निधनमा विश्व क्रिकेटका महान हस्तीले श्रद्धाञ्जली दिएका छन् । वार्नको निधनमा श्रद्धाञ्जली पोस्टले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्ता भरिएका छन् ।

वार्नलाई महान बनाउने ‘बल अफ द सेन्चुरी’ बलिङ

सन् १९९३ मा लण्डनमा वार्नले प्रदर्शन गरेको बलिङलाई विश्व क्रिकेटमा ‘बल अफ द सेन्चुरी’को नाम दिइएको थियो । वल्र्ड ट्राफोर्डमा इंग्ल्याण्डका ब्याटर माइक गेटिङ्लाई वार्नले चमत्कारिक ढंगबाट आउट गरेका थिए ।

उनले लेग स्पिन बलिङ गर्दा बायातर्फ योर्कर फ्यालेर दायातर्फको छेउको स्टम्प ढालेका थिए । उनी बल यति धेरै घुमाउन सक्थे कि ब्याटरलाई निशाना लगाउनै मुश्किल पथ्र्यो ।

शेनको सेन्चुरी अफ द बल पनि त्यहीमध्येको एक हो । उनले सदाझैँ त्यो दिन पनि बल धेरै घुमाउने प्रयत्न गरेका थिए । तर त्यो दिन उनको बल यसरी घुम्यो जुन खेल्ने ब्याटरलाई मात्रै होइन, त्यो खेल हेर्ने दर्शकलाई पनि अपत्यारिलो लाग्यो ।

खासगरि फास्ट बलिङमा विकेट निकाल्न योर्कर फाल्ने गरिन्छ । तर योर्करकै स्टाइलमा स्पिन बलिङ गरेर बोल्ड गर्ने शेनको बलिङले विश्व चर्चा बटुल्यो । शेनकै लेग स्पिनको जादुयी प्रदर्शनमा अष्ट्रेलियाले त्यो एसेस श्रृङ्खला ४–१ ले जितेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : २३ बजे

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली