रुसी सेनाको गोली लागी युक्रेनमा बेलायती पत्रकार घाइते « Khabarhub

रुसी सेनाको गोली लागी युक्रेनमा बेलायती पत्रकार घाइते


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी युद्धका क्रममा एकजना बेलायती पत्रकार घाइते भएका छन् । राजधानी किभमा युक्रेन युद्धको समाचार संकलन गरिरहेका बेलायतको स्काई न्युज च्यानलका पत्रकार स्टुअर्ट राम्जी घाइते भएका हुन् ।

उनको पिठ्युँमा एक गोली लागेको जनाइएको छ । उनको साथमा रहेका क्यामेरा पर्सन रिची मोक्लरलाई लागेको दुई गोली सुरक्षा कवचले बचाएको बीबीसीले जनाएको छ ।

गाडीमा रहेका बेला कसैले धराप थापेर आक्रमण भएको र आक्रमणमा रुसी पक्षको हात रहेको जनाइएको छ ।

उनीहरु चढेको कारमा आक्रमण भएपछि उनीहरु नजिकै रहेको औद्योगिक भवनमा लुक्न गएको र केही समयपछि उनीहरूलाई युक्रेनी प्रहरीले उद्धार गरेको समाचार छ ।

हाल उनी बेलायत फर्किसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ५० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात