काठमाडौँ- काठमाडौँको बुढानीलकण्ठ नगरपालिका बस्ने मानबहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका याकुब चौधरी र सर्लाही बरहथवा नगरपालिका-८ का एक किशोर छन् ।
बुढानीलकण्ठ नगरपालिका श्रीनगर टोलमा गत मंगलबार रावतको रगताम्य अवस्थामा शव फेला परेको थियाे । घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धनमा मान बहादुर र अरोपितबीच लागूऔषध खरिदको विषयमा विवाद भएकाे थियाे । अभियुक्तहरूले कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका खुल्न आएको हो ।
प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठीसमेत बरामद गरेको छ । उनीहरूउपर कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रतिक्रिया