व्यापारी मृत्यु प्रकरणः वीरेन्द्रनगरमा विरोध प्रदर्शन « Khabarhub

व्यापारी मृत्यु प्रकरणः वीरेन्द्रनगरमा विरोध प्रदर्शन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा कालिकोटका व्यापारीको मृत्युको विषयलाई वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको छ ।

मृतक मिनी हमालका परिवारजन र स्थानीयले विरोध प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका छन् ।

प्रहरीले हमाललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाउँदै आएका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानबिनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ ।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको मृत्यु भएको हो ।

व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको विषयमा प्रहरीसँग वादविवाद भएको थियो ।

विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ । नेपालगञ्जबाट भे. १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ५८ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका