व्यापारी मृत्यु प्रकरणः वीरेन्द्रनगरमा विरोध प्रदर्शन | Khabarhub Khabarhub

व्यापारी मृत्यु प्रकरणः वीरेन्द्रनगरमा विरोध प्रदर्शन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा कालिकोटका व्यापारीको मृत्युको विषयलाई वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको छ ।

मृतक मिनी हमालका परिवारजन र स्थानीयले विरोध प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका छन् ।

प्रहरीले हमाललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाउँदै आएका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानबिनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ ।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको मृत्यु भएको हो ।

व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको विषयमा प्रहरीसँग वादविवाद भएको थियो ।

विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ । नेपालगञ्जबाट भे. १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ५८ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको