ओडीसा फाइन आर्ट सङ्ग्रहालयको बाहिर लामबद्ध मानिस। २० फेब्रुअरीको आइतबार युक्रेनका धेरै जना त्यही सङ्ग्रहालयमा रमाएका थिए। सङ्ग्रहालयमा मानिसको त्यस्तो भिड सायद त्यो अन्तिम दिन थियो। त्यसको केही दिनपछि त रुसी आक्रमणका कारण युक्रेनी ज्यान जोगाउन सङ्घर्ष गरिरहेका छन्। त्यहाँ भाग दौड मच्चिएको छ। १६ औं शताब्दी देखिको १० हजार भन्दा बढी कलाकृति त्यस सङ्ग्रहालयमा राखिएका छन्। कलाका पायनीयर व्यक्तित्व वेसेली कान्डीन्सकीको कला पनि त्यहाँ सङ्ग्रहित छन्।
मानिसहरूको सबैभन्दा धेरै भीड लागेको त्यसै आइतबारको चार दिनपछि रुसले युक्रेनविरुद्ध आक्रमणको सुरुवात गरेको थियो।
देशका अन्य ठूला सहर जस्तै ओडीसाको स्थापना युक्रेनी इतिहासका मिथक पुरुष क्याथरेइनले १८ औं शताब्दीमा गरेका थिए। यो ओपेरा हाउसका अन्य धेरै पुरातात्त्विक महत्त्वका वस्तुमाथि २० औँ शताब्दी पुरा भएपछि विभिन्न राजनीतिक घटना र भाग दौडको क्रममा आक्रमण हुन खोजेको छ। त्यसै समयमा त्यहाँकी कला निर्देशक ओलेक्जान्द्रा कोभाल्चुक आफ्नो एक वर्षीय छोरासहित भागेर बुल्गेरिया पुगेकी थिइन्।
‘मलाई देश द्रोही भएको झैँ महसुस भयो’, उनले भनिन्, ‘मलाई आफ्ना कर्मचारीको सामु झुकेको महसुस भयो। साँच्चै मलाई यस बारेमा पछुताउ पनि भएको थियो। मेरा लागि ओडीसा फाइन आर्ट सङ्ग्रहालय धेरै वर्षसम्म आफ्नै बच्चा जस्तै थियो। यस कारण कुन बच्चालाई प्राथमिकता दिने भन्ने निर्णय गर्ने समयमा मैले मेरो सानो छोरालाई रोजेँ।’
युक्रेनको राजधानी किभमा अर्की सङ्ग्रहालय निर्देशक ओलीसा ओस्ट्राभ्सका लुयटाले अहिले कठोर निर्णय गरेकी छिन्। उनी भन्छिन्, ‘सङ्ग्रहालयको अवस्था पनि अस्पताल, विद्यालय या घरको भन्दा फरक थिएन। हामी एउटै छाना मुनी बसेका थियौ।’
मिटेस्टकी आर्सनल युरोपको अर्को ठूलो आर्ट सङ्ग्रहालय हो। यसले युरोपको पुरातात्त्विक महत्त्वका वस्तुलाई संरक्षण गरिरहेको छ। यस कारण उनका लागि ती सबै वस्तुको संरक्षण अर्को चासोको विषय बनेको छ। सम्भव रहे सम्मको संस्थाको सुरक्षाका लागि आफू तयार रहने बताउने उनी सम्भव नै नभएपछि मात्र किभ छाड्ने सोचमा छिन्।
‘अहिले हामीले युक्रेन माथिको आक्रमण मात्र सहेको छैनौ। हाम्रो संस्कृति माथिको आक्रमण पनि सही रहेका छौँ।’ उदास देखिएकी उनले भनिन्। तिनी अहिले युद्ध भूमिमै छिन्। सायद संस्कृति रक्षाको उनको यो अभियानले केही सार्थकता पाउने छ।
विश्व सम्पदा सूचीमा रहेका सात स्थान युक्रेनमै छन्। यसै मध्यको किभमा रहेको ‘सेन्ट सोफीया क्याथेड्रल पनि एक हो। यो एक सुनौलो गुम्बा हो। यसले युरोप र पूर्वी एसियाकै संस्कृतिको झझल्को दिने गरेको छ।’ पश्चिमी सहर लेभिभमा ‘भर्जीन मेरी’छ। यो पनि एक पुरातात्त्विक महत्त्वको क्षेत्र मानिन्छ।
‘बोडरल्यान्ड स् अ जर्नी थ्रू द हिस्ट्री अफ युक्रेन’का लेखक अन्ना रेयडका अनुसार अहिले सांस्कृतिक रूपले युक्रेनको अवस्था खराब बनेको छ।
चर्च, गुम्बा, स्तुपा, पार्क, सङ्ग्रहालय हरेक स्थानमा बम बारी भएको छ। कुनै पनि विषयको माया गरिएको छैन। उनकै विचारमा यो सांस्कृतिक क्षति दोस्रो विश्व युद्धको भन्दा पनि बढी हो।
सङ्ग्रहालयकै हकमा भन्ने हो भने त्यहाँको कर्मचारीले केही जोगाउन सक्ने अवस्था छ। तर, आफू र परिवारको जीवन नै जोखिममा पारेर कति समय यसको सङ्ग्रहमा लागिरहने भन्ने प्रश्न उब्जिएको छ। कम बजेटका कारण आगो लाग्दा र विस्फोट हुँदा बचाउन सक्ने केही व्यवस्था विगतमा भएको थिएन। यसको असर अहिले देखिएको छ।
‘जब म्युजियममा आगो लाग्छ बचाउने कुनै कुरा हुँदैन’, उनले भनिन्, ‘यो जलेर सबै खरानी हुन्छ। वर्षौँको मेहनतको फल त सखाप हुन्छ नै। हाम्रो पुरातात्त्विक महत्त्वका थुप्रै वस्तु र हाम्रो संस्कृतिको झझल्को दिने धेरै इतिहासका मानकको पनि एकै पटक नास हुन्छ। ’
यहाँ भित्र लुक्नका लागि कुनै सुरुङ पनि छैन। लुकाउने ठाउँ छैन। यस कारण जुन सुकै समयमा ठूलो क्षति हुनसक्ने सम्भावना त छदै छ। किभको उत्तर पश्चिममा अवस्थित इभानकीभकै समाचार अनुसार रुसी सेनाले त्यहाँको स्थानीय सङ्ग्रहालय र कलाकृतिमा आगो लगाइ सकेका छन्।
पाब्लो पिकासोबाट प्रेरित भएर कला निर्माण गरेकी युक्रेनकी लोक कलाकार मारिया प्रीमाचेन्कोका २५ वटा कलाकृति त्यहाँ थिए। बोल्ड रङ्गको मिश्रण रहेको उनको जादुमय कलाको नास भइसकेको छ। यसलाई कला क्षेत्रकै अपूरणीय क्षति मानिएको छ।
सङ्ग्रहालयमा रहेका थोरै कलाकृति मात्र जोगिएका छन्। भवन जली रहेको समयमा एक युवाले कुँदेर गएर केही वस्तुलाई जोगाएका थिए। उनले १० कलाकृति त्यसरी ज्यान कै बाजी लगाएर बचाएको अनुमान छ। यी १० कुनकुन हुन भन्ने अझै यकिन भएको छैन।
किभमा जन्मेका कला समीक्षक कोन्सटान्टीन अखिन्साका अनुसार युद्ध हुनु भन्दा एक साता अगाडि युक्रेनको संस्कृति तथा सूचना मन्त्रालयले सङ्ग्रहालयको सामग्री सम्भव भएसम्म जोगाउनका लागि एउटा गाइड लाइन तयार पारेको थियो।
अखिन्साले तत्काल सबै स्थान खाली गर्न परेकोमा आफू हताश भएकोमा बताउँछन्। ‘ हाम्रा राष्ट्रपति नायक नै हुन्। तर, त्यो समयमा उनले आक्रमण हुने सम्भावना नरहेको कुरा जनाइरहेका थिए। कलाकृतिका वस्तुलाई अन्य लैजाँदा धेरै जना आत्तिने भएको हुँदा अधिकारीले कलाकृतिलाई अन्यत्र लैजान दिएनन्।
त्यस समयमा यस विषयमा ध्यान नदिइए पनि अहिले युक्रेनका हजारौँ सङ्ग्रहालयका कलाकृति जोगाउनका लागि पहल गरिएको छ। रुसको उपस्थिति अगाडि नै सबै सामग्रीको डिजिटल सङ्कलन गर्ने प्रयास पनि कुनै सङ्ग्रहालयमा भएको थियो। भिन्न स्थानमा लगेर लुकाउने योजना त सफल भएन। यसका बाबजुद सङ्ग्रहालयका कर्मचारी त्यही कलाकृतिको सुरक्षार्थ त्यही सुतेका छन्।
अहिले धेरै कर्मचारी त्यही सङ्ग्रहालयमा निदाइ रहेका छन्। यसले केही हदसम्म जोखिम त घटाएको छ। तर, कर्मचारीको ज्यान समेत असुरक्षित गराएको छ। ओडीसा फाइन आर्ट सङ्ग्रहालय नै भने उनीहरूको मुख्य प्राथमिकताको विषय हो। अझै युक्रेनीको प्रयास त्यो आर्ट जोगाउने नै भन्ने छ।
मिस्ट्ट्सकी आर्सनलमै भने युद्धको सुरुवातसँगै एउटा सुरक्षा योजना बनाइएको थियो। त्यसै योजना अनुसार सबै चलेको थियो। अहिले त्यो सङ्ग्रहालय बन्द छ। त्यसलाई सुरक्षा दिन कर्मचारी तैनाथ छन्।
किभकै रुसी सेनाको प्रवेश भएपछि भने थुप्रै कलाकृति जोगाउन थप समस्या हुने सम्भावना देखिएको छ। त्यहाँको कला के हुने भन्ने चिन्ता सबैलाई छ।
अहिले रुसी सेनाको प्रवेश नभएको र आगो नलागेको स्थानका कर्मचारीलाई समेत अहिले धेरै चिन्ता छ। खासमा ओडीसा र लेभिभ जस्ता स्थानका सङ्ग्रहालय कलाकृतिलाई हवाई यातायात नै प्रयोग गरेर भए पनि बाहिर कतै सुरक्षित स्थानमा लैजान उनीहरू इच्छुक छन्।
त्यहाँको भवन त बचाउने उपाय कम नै छ। किनकी भवन त बोकेर अन्त लैजान पनि मिलेन। ओडीसा १९ औँ शताब्दीदेखि जोगिएको छ।
यहाँको सुरक्षाका लागि सडक भत्काइएका छन्। यसको दायाँ बायाँ समुद्र छ। अहिले कुनै पनि समय हुनसक्ने हवाई आक्रमणका कारण ओडीसा के हुने भन्ने चिन्ता देखिएको छ। किभ त अहिले नै आक्रमणमा परिसकेको छ।
यस आक्रमणबाट कसरी बच्ने भन्ने चिन्ता छ। आफ्नो ज्यान र परिवारको चिन्ता त उनीहरूलाई छ नै। उनीहरूलाई त्यत्तिकै माया संस्कृतिको पनि छ।
युक्रेनवासीलाई आफ्नो कलामा गर्व छ। यसको माया छ। यसलाई जोगाउनका लागि उनीहरू जे गर्न पनि तयार छन्। उनीहरू आफ्नो संस्कृति, कला र पुरातात्त्विक जोगाउन कत्ति सफल हुनेछन्, त्यो त युद्ध सकिएपछि मात्र पत्तो लग्ने छ। एजेन्सीको सहयोगमा
प्रतिक्रिया