पुटिनको चेतावनी – पश्चिमा नाकाबन्दी ‘युद्धको घोषणा’ सरह « Khabarhub

पुटिनको चेतावनी – पश्चिमा नाकाबन्दी ‘युद्धको घोषणा’ सरह


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूले आफ्नो मुलुकमाथि लगाएका नाकाबन्दी र प्रतिबन्धहरू ‘युद्धको घोषणा’ सरह भएको चेतावनी दिएका छन् । राजधानी मस्कोस्थित एरोफ्लोट एअरलाइन्सको तालिम केन्द्रमा महिला सहचालकहरुलाई सम्बोधन गर्ने क्रममा पुटिनले यस्तो बताएका हुन् । ‘धन्य ईश्वर यस्तो भएको छैन ।’ पुटिनले भने ।

उनले युक्रेनी आकासमा ‘नो फ्लाइ जोन’ को घोषणा गरेमा त्यसले यस्तो घोषणा गर्ने मुलुकविरुद्ध मुठभेडको अवस्था ल्याउने र रुसले तिनीहरूलाई दुश्मन सैनिकको रुपमा व्यवहार गर्ने चेतावनी समेत दिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीतर्फ लक्षित उनको चेतावनी थियो, ‘वर्तमान नेतृत्वले के बुझ्न जरुरी छ भने यदी उनीहरुले जे गरिरहेका छन्, त्यसैलाई निरन्तरता दिए भने यसले युक्रेनी राज्यव्यवस्थाकै भविष्य जोखिममा पार्नेछ ।’

उनले रुसमा सैनिक कानून ‘मार्शल ल’ लागू गर्ने आफ्नो कुनै योजना नरहेको पनि स्पष्ट पारे । ‘सैनिक गतिविधिको निश्चित क्षेत्रमा बाहिरी आक्रमण भएको खण्डमा’ मात्रै सैनिक कानून लागू गरिने र हालसम्म यस्तो अवस्था नआएको उनको भनाइ छ ।

केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा रुसमा सैनिक कानून लागू हुनै लागेको समाचारहरु आइरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो । रुसले युक्रेनमा हमलाहरू जारी राखेका बेला आएको पुटिनको बयानलाई निकै अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ५५ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र