बैंकिङ कसुरका दोषी श्यामसुन्दर घिमिरे समातिए « Khabarhub

बैंकिङ कसुरका दोषी श्यामसुन्दर घिमिरे समातिए


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् ।

गत २८ मंसिर र २७ माघमा उच्च अदालत पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।

तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौँ जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ४८ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका