क्वाडको बैठकमा चीनलाई चेतावनी | Khabarhub Khabarhub

क्वाडको बैठकमा चीनलाई चेतावनी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै अमेरिका भारत जापान र अष्ट्रेलिया गरी हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरु सम्मिलित ‘क्वाडलाटरल सेक्युरिटी डाइलग’ क्वाडको भर्चुअल बैठक बस्यो । जारी युक्रेनी सङ्कटबारे छलफल गर्न बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय वडापत्र, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकता र भौगोलिक अखण्डताको महत्वमा जोड दिए ।

‘युक्रेनमा जारी रुसी आक्रमण र हिन्द प्रशान्तसहित विश्वभर सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति हाम्रो प्रतिबद्धताबारे मैले क्वाडका नेताहरु अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री किसिडा फुमियोसँग भेट गरेँ ।’ अमेरिकी राष्ट्रपति जो बाइडनले बैठकलगत्तै ट्वीट गरे ।
क्वाडका नेताहरूले उक्त बैठकमा युक्रेनमा जे भइरहेको छ त्यसलाई हिन्द प्रशान्त क्षेत्रमा दोहोर्‍याउन नदिने सहमति गरेको जापानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा सबै राष्ट्रहरुको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानका साथ कुनै किसिमको सैनिक आर्थिक र राजनीतिक हस्तक्षेपबाट मुक्त खुला र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रप्रति प्रतिबद्धता जाहेर गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई नाम उल्लेख नगरी चीनविरुद्ध क्वाडले दिएको चेतावनीका रुपमा विश्लेषण गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा यस बैठकका क्रममा यसअघि सन् २०२१ को सेप्टेम्बरमा भएको शिखर सम्मेलनयता भएका प्रगतिबारे छलफल भएको जनाइएकोछ  ।

प्रधानमन्त्री मोदीले क्वाडले हिन्द प्रशान्त क्षेत्रमा शान्ति, स्थिरतासमृद्धिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ५१ बजे

नेपाल स्टुडेन्ट्स आईटी क्लबले आयोजना गर्दै ‘ह्याक फर नेपाल’ ह्याकाथन

काठमाडौं — नेपाल स्टुडेन्ट्स आईटी क्लबको आयोजनामा नेपाल स्टुडेन्ट्स आईटी

संघीय लोकतान्त्रिक मोर्चाको निर्णय : पहलगाम हमलाको निन्दा, रेशम चौधरी गिरफ्तारीको विरोध

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाले गत वैशाख ९ गते भारतको कश्मीरस्थित

नेता नेपालको आदर्शबाट प्रेरणा लिइरहने छौँ : एमाले 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता

बाजुरामा दलीय सहकार्य र समृद्धिका लागि बुढीगंगाले विकास बहस गर्ने 

धनगढी – दलहरुबीचको आपसी सहकार्य र समृद्धिको नारा दिएर बाजुराको

बालमन्दिरको जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित १७ जनाविरुद्ध मुद्दा, ६० करोड बिगो दाबी

काठमाडौं- काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध