राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी२० आई सिरिज खेल्ने « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी२० आई सिरिज खेल्ने


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ ।

टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो । 

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो ।

आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ ।

त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्रिदेशीय शृखंला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : २७ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई