लुम्बिनी प्रदेश विश्वविद्यालय नेपालगञ्जको खजुरामै स्थापना गर्न माग | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश विश्वविद्यालय नेपालगञ्जको खजुरामै स्थापना गर्न माग


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् ।

प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा सङ्घर्ष समिति निर्माण गरेको छ । बाँके र बर्दियाका प्रदेश सभासदस्य, जिल्ला समन्वय समितिका संयोजक, जिल्लाका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष, पेसागत सङ्घसङ्गठनका छाता सङ्गठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।

विश्वविद्यालयका लागि १०० बिघा जमिन कानुनीरुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो । यसका लागि खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका–८ रनियापुरमा एकसय बिघा जमिन नापी गराई प्रदेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुका साथै गाउँसभा र जिल्ला सभाबाट समेत पारित गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ । विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले जिल्लावासीलाई चिन्तित हुन पुगेका छन् ।

विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्न नहुने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ३८ बजे

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन्

भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू) 

भक्तपुर– आइतबार (भोलि) मनाइने धान दिवस र दही चिउरा खाने

उपचारमा लापरबाही : हिमाल अस्पताल र चिकित्सकले १ करोड ४५ लाख क्षतिपूर्ति तिर्नुपर्ने

उर्लाबारी– उपचारमा लापरबाहीका कारण सानोतिनो रोगले पनि ज्यान गुमाउन पुगेकी

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौं– परवानीपुर गाउँपालिका-५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित

कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्‍यो : वर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी