बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ « Khabarhub

बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका–१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् ।

उनीहरुको साथबाट म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : १९ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित