रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ? « Khabarhub

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् ।

उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ घोषणा गर्न समेत आह्वान गरिन् ।

उनले लेखेकी छिन्, ‘युक्रेनमा रुसी अधिनस्थ फौजले युक्रेनी बालबालिकाहरुको हत्या गरिरहेका छन् । जानाजान र एकोहोरो शैलीमा ।’

‘मैले यो भन्नै पर्छ । युक्रेनमा अहिलेसम्म ३८ बालबालिकाको ज्यान गइसकेको छ । हाम्रा शान्तिप्रिय शहरहरुमा जारी गोलाबारीका कारण यो सङ्ख्या बढिरहेको छ ।’ उनले लेखेकी छिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ५८ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,