अस्पतालले बिरामी रेफर गरे ५ लाख जरिवाना ! « Khabarhub

अस्पतालले बिरामी रेफर गरे ५ लाख जरिवाना !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यदि कुनै अस्पतालले आफूले उपचार गर्नसक्ने अवस्थामा पनि बिरामीलाई अन्यत्र अस्पतालमा रिफर गरे उक्त अस्पताललाई जरिवाना हुने भएको छ ।

प्रदेश नम्बर २ सरकारले अनावश्यक रेफर गर्ने अस्पताललाई कारबाही गर्न यस्तो कानून ल्याउन लागेको हो ।

प्रदेश सरकारले ल्याउन लागेको कानून अनुसार आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने छ ।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले चिकित्सा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न यस्तो कानून ल्याउन लागिएको बताए ।

प्रदेशसभा वैठकमा पेश गरिएको उक्त विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहँुदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा २५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको मन्त्री साहले जानकारी दिए ।

उक्त विधेयकमा अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा १ लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत रहेको मन्त्री साहले बताए ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको जनाइएको छ ।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ०२ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन