विद्यार्थीलाई पढ्ने वातावरण बनाउन नोबेल मेडिकललाई समितिको निर्देशन « Khabarhub

विद्यार्थीलाई पढ्ने वातावरण बनाउन नोबेल मेडिकललाई समितिको निर्देशन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विराटनगरस्थित नोबेल मेडिकल कलेजका अनशनरत विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीका लागि पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताइन् । उनले तत्काल चिकित्सा शिक्षा आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

घर्तीले मेडिकल कलेजले कानुनले तोकेकोभन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाइ भएको बताइन् ।

बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उनले कलेजको एमबीबीएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए । उनले आगामी बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने धारणा राखे ।

त्यस्तै, समिति सदस्य जीवनराम श्रेष्ठले मानसिक त्रास नहुने गरी पढ्ने वातावरण बनाउनुपर्ने र गलत काम गर्ने कलेजलाई कारबाही हुनुपर्ने बताए । त्यस्तै सांसद नविना लामाले विद्यार्थीको समस्याबारे आयोग संवेदनशील हुनुपर्ने धारणा राखिन् ।

कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफूहरूसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका दिए । आयोगले उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुर्पयाँ तोकेको छ । तर आयोगले तोकेभन्दा बढी शुल्क लिएको कलेजमाथि आरोप छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : १९ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा