वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन प्रक्रिया थाल्छौ-अध्यक्ष हमाल « Khabarhub

वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन प्रक्रिया थाल्छौ-अध्यक्ष हमाल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।

त्यस्ता कम्पनीलाई शेयर बजारमा सूचीकृत हुने वातावरण बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिएका छन्  ।

बोर्डले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा शेयर बजारको विस्तार र थप विकासका लागि पनि वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकरणका लागि आवश्यक वातावरण बनाइने उनले जानकारी दिए ।

नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीको बोलवाला छ । वास्तविक क्षेत्रका कम्पनी आकर्षित भए पनि उल्लेख्य मात्रामा बजारमा सूचीकृत हुन सकेको छैन ।

संसारका विभिन्न देशमा वास्तविक क्षेत्रलाई विशेष प्राथमिकता दिएर शेयर बजारमा सूचीकृत गराइएका कारण बजार विस्तार भएको तथ्य पेश गर्दै अध्यक्ष हमालले त्यसका लागि के कस्ता प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा आफूहरू लागिपरेको जानकारी दिए ।

ठूला लगानीकर्ता बजारमा आउँदा त्यसबाट अवसरको समेत विकास हुने र बजारको स्थायीत्वमा समेत महत्वपूर्ण योगदान दिने भएकाले वास्तविक क्षेत्रलाई महत्व दिइएको उनको भनाइ छ ।उनले भने रियल सेक्टरका कम्पनीलाई हामीले सूचीकरणमा ल्याउनुपर्ने छ ।

हामीसँगै एक हजार २०० बढी ठूला कर तिर्ने कम्पनी छन् । तर एकदमै न्यूनतम रूपमा मात्रै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । हामीले ती कम्पनीलाई बजारमा भित्र्याउनका लागि बुक विल्डिङको प्रक्रिया पनि अगाडि बढाउनैपर्छ ।

वास्तविक क्षेत्रका नाफा कमाएका र सबल कम्पनी भए पनि उनीहरूलाई भित्र्याउन नसक्दा बजार विस्तार हुन नसकेकाले त्यसका लागि के कस्ता भूमिका निर्वाह गर्नुपर्ने बोर्ड तयार रहेको अध्यक्ष हमालको कथन छ । लगानीकर्ताको हितका लागि बोर्डका तर्फबाट हुन सक्ने जति सबै काम गरिने अध्यक्ष हमालले प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५० बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित