पोल सार्न सरकारी कर्मचारीले मागे घुस « Khabarhub

पोल सार्न सरकारी कर्मचारीले मागे घुस


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकलाई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाई नगर्न र घुस नलिन कडाईका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।

बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ ।

नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भत्ता खाने प्राधिकरणका कुनै एक कर्मचारीको बदमासीका कारण अन्य कर्मचारीसमेत आहात हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

आयोगले प्राधिकरणको ग्रीड महाशाखा पाटन ललितपुर सबस्टशेनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणले गाडेको पोल सार्नका लागि सेवाग्राहीसँग रु एक लाख ४० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले पहाडीलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

जीर्ण भएको काठको पोल सार्ने प्रयोजनार्थ पहाडीले सेवाग्राहीसँग घुस मागेको आयोगको दावी छ ।आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : १० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा