रोयल इनफिल्ड मोटरसाइकलको नयाँ मोडल बजारमा « Khabarhub

रोयल इनफिल्ड मोटरसाइकलको नयाँ मोडल बजारमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो ।

खैरो रंगमा सजिएको मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ । नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाईकल बजारमा ल्याइएको र यसको मूल्य चालु आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढ्ने विवेक अटोमोबाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिए।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् सो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दावी छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : २२ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको