मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा! « Khabarhub

मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा!


२२ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिसको पहिलो परिचय उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

यस्तो संवेदनशील भाग अनुहार दैनिक सफा गर्नुपर्छ । तर थोरै असावधानीले अनुहारमा हानी पनि पुग्नसक्छ । त्यसैले अनुहारलाई जोगाइराख्न तपाईले थोरै सावधानी अपनाउनै पर्छ ।

बिहानै सबेरै उठेपछि सबैको मुखधुने बानी हुन्छ । यो राम्रो हो । तर अनुहारलाई अझ राम्रो, मुलायम र सफा बनाउन मुख धुने बेलामा धेरै ख्याल गर्न आवश्यक छ ।
मुख धुदा ख्याल गर्नुपर्ने टिप्स:

१ मुख हल्का मन तातो पानीले धुनुपर्छ ।
२. अनुहारको छाला धेरै नै नरम हुने भएकाले बढी रगेडिएमा असर पर्छ ।
३. मुख धोएपछि नरम र सफा कपडाले अनुहार पुछ्नु पर्छ । पुछ्दा पनि धेरै रगेड्नु हुँदैन ।
४. अनुहारको मसाज राम्रो मानिएपनि राम्रो र फाइदा गर्ने तेलको प्रयोग गर्नुपर्छ ।
५. हतारमा सफा र मसाज गर्नु हुँदैन । ध्यान दिएर अनुहारको सफाइ गर्नुपर्छ ।
६. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नु हुँदैन ।
७. फेसवास अथवा साबुन पानीले धुदा धेरै रगेड्नु हुँदैन ।
८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनु राम्रो मानिन्छ ।
९. अनुहारमा लगाउने क्रिम वा कुनै उत्पादन छालाको प्रकृति अनुसार मिल्ने खालको हुनुपर्छ ।
१०. अनुहारलाई हानी पुर्‍याउने क्लिनरको कहिल्यै प्रयोग गर्नुहुँदैन ।
नगर्नुस् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ६ : ३० बजे

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा