नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो « Khabarhub

नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

 श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई/दुई विकेट लिए । सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक/ एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे । आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११ र ज्ञानेन्द्र मल्लले दुई रन जोडे । श्रीलङ्का नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार विकेट लिए भने अवादतले तीन विकेट हात पारे ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलङ्का गएको हो । त्यहाँ नेपालले चार अभ्यास खेल खेल्नेछ । चार अभ्यास खेल सकिएपछि नेपाल त्यतैबाट युएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : १० बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा