मानवअधिकारको पक्षमा एमाले एक कदम अघि छ-अध्यक्ष ओली « Khabarhub

मानवअधिकारको पक्षमा एमाले एक कदम अघि छ-अध्यक्ष ओली


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले मानवअधिकारको पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताए ।

एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हक अधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने  र त्यसैका लागि संघर्ष गरिराखेको उनले भने । 

आफ्नो नेतृत्वको सरकारका पालामा आग्रही भएर टीकाटिप्पणी गरी दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारमा काम देखेर पनि चुपचाप बसेको बताउँदै उनले अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप रहेको आरोप लगाए ।

महाधिवेशमा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्वमन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा‍क्टर राजन भट्टराईलगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिकालगायत विषयमा आफ्ना धारणा व्यक्त्त गरेका थिए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ५० बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका