मानवअधिकारको पक्षमा एमाले एक कदम अघि छ-अध्यक्ष ओली « Khabarhub

मानवअधिकारको पक्षमा एमाले एक कदम अघि छ-अध्यक्ष ओली


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले मानवअधिकारको पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताए ।

एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हक अधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने  र त्यसैका लागि संघर्ष गरिराखेको उनले भने । 

आफ्नो नेतृत्वको सरकारका पालामा आग्रही भएर टीकाटिप्पणी गरी दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारमा काम देखेर पनि चुपचाप बसेको बताउँदै उनले अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप रहेको आरोप लगाए ।

महाधिवेशमा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्वमन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा‍क्टर राजन भट्टराईलगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिकालगायत विषयमा आफ्ना धारणा व्यक्त्त गरेका थिए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ५० बजे

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान