पार्टीविरोधी गतिविधि गरेको आरोपमा उदयबहादुर राना ‘दीपक’ सबै जिम्मेवारीबाट मुक्त « Khabarhub

पार्टीविरोधी गतिविधि गरेको आरोपमा उदयबहादुर राना ‘दीपक’ सबै जिम्मेवारीबाट मुक्त


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै अध्यक्ष मण्डलका सदस्य उदयबहादुर राना ‘दीपक’ लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ।

पार्टीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा रानाले पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी तथा विभाजनको प्रयास गरेको र षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।

पार्टीका अनुसार यसअघि पनि केही नेताकार्यकर्ताले गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि गर्दै आएको भन्दै उनीहरूलाई पटक–पटक छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिइएको थियो।

तर, चेतावनी तथा छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको दाबी छ।

पछिल्लो समय देश बाढी तथा विपद्को चपेटामा परेपछि पार्टीले राष्ट्रिय सम्मेलन स्थगित गरी प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न नेता–कार्यकर्तालाई अपिल गरेको थियो।

तर, उक्त अपिल र पार्टीको सर्कुलरविपरीत पार्टी कार्यालयलाई जानकारी नदिई बैठकका लागि परिपत्र जारी गरिएको वक्तव्यमा उल्लेख छ।

पार्टीले रानाले पार्टीको नीति र विधिविपरीत गुटबन्दी तथा षड्यन्त्रपूर्ण गतिविधि सञ्चालन गर्न मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको जनाएको छ।

सोही आधारमा पार्टी विधानको भाग ५, धारा २७ बमोजिम अध्यक्ष मण्डलका सदस्य राना ‘दीपक’ लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको पार्टीले जनाएको छ।

पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई अर्थवादी, षड्यन्त्रकारी, गुटवादी, विभाजनकारी, अवसरवादी तथा अराजकतावादी गतिविधिको भ्रममा नपर्नसमेत अपिल गरेको छ।

१५ भदौ २०८३ मा जारी वक्तव्यमा पार्टी अध्यक्ष कञ्चनले पार्टीका निर्णयप्रति सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार र अनुशासित भएर अघि बढ्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १ : १६ बजे

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५