स्थानीय तह निर्वाचनमा केन्द्रित हुने माओवादीको निर्णय « Khabarhub

स्थानीय तह निर्वाचनमा केन्द्रित हुने माओवादीको निर्णय


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो ।

 बैठकले दुईमहिने निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गरेर सबै सदस्यलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । बैठकले स्थानीय निर्वाचनमा आवश्यक चुनावी तालमेलको वातावरण बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलले सम्बन्धित तहमा वार्ता संवाद गर्नेछ ।

माओवादीले ७५३ पालिका र छ हजार ७४३ वडामा एकल रूपमै भए पनि निर्वाचन लड्ने निर्णय गरेको पनि उनले जनकारी दिए । ‘आफ्नै खुट्टामा उभिएर, आफ्नै शक्तिमा भर गरेर निर्वाचनमा जाने निर्णय भएको छ ।’ नेता पुनले भने ,  जहाँजहाँ अन्य दलसँग तालमेल गर्न सकिन्छ त्यहाँत्यहाँ गठबन्धन गर्ने गरी कार्यदल बनाएर निर्वाचन लड्ने बैठकको निर्णय छ ।’

बैठकले पार्टी विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोनयन गरेको छ । यस्तै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने निर्णय गरेको छ । बैठकले आगामी केन्द्रीय समिति बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो टुङ्ग्याउने निर्णय गरेको नेता पुनले जानकारी दिए ।

व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसी सम्झौतालाई लिएर आएको मतभेदलाई सम्मानजनक ढङ्गले पार्टी केन्द्रीय समितिमा दर्ज गरिराख्ने र आगामी जेठ २० गते बस्ने अर्को केन्द्रीय समिति बैठकमा छलफल गरेर टुङ्गोमा पुग्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ५७ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित