संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ- देउवा « Khabarhub

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ- देउवा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका  छन्  ।

उनले शुभकामना सन्देशमार्फत् महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका हुन् ।

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा बिना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र  लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका  छन्  ।

प्रधानमन्त्री देउवाले लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ भनी उल्लेख गरेका  छन्  ।

उनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धन क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थाहरूमा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : २० बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित