युक्रेनमा अर्का रुसी जर्नेल मारिए « Khabarhub

युक्रेनमा अर्का रुसी जर्नेल मारिए


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको सैनिक गुप्तचर निकायले युक्रेनमा अर्का एक रुसी सैनिक जर्नेल मारिएको दाबी गरेको छ । रुसी घेराबन्दीमा परेको पूर्वी शहर खार्किभमा रुसी सेनाको ४१ औं आर्मीका प्रथम उप–कमाण्डर मेजर जनरल भिताली गेराशिमोभको मृत्यु भएको युक्रेनी दाबी छ ।

उनी सोमबार मारिएको युक्रेनको गुप्तचर निर्देशनायले जनाएको हो । यसअघि युक्रेनले फेब्रुअरी महिनाको अन्त्यतिर ४१ औैं आर्मीकै उप–कमाण्डर मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको थियो ।

शनिबारमात्रै युक्रेनमा स्पार्टा बटालियन भन्ने रुस समर्थक कुख्यात नव नाजी लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको पनि पूर्वी शहर भोल्नोभ्कामा गोली हानी हत्या भएको थियो ।

रुसले आफ्नो मुलुकमा सैनिक आक्रमण गरेयता ११ हजार रुसी सैनिक मारिएको युक्रेनी पक्षको दाबी छ ।

यता रुसले भने हालसम्म आफ्ना ५ सय भन्दा कम सैनिक मात्रै मारिएको दाबी गरेको छ । यद्यपि दुबै दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : २५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार