ओलीको प्रश्न– निर्वाचन चिह्न हरियो किन राख्ने ? « Khabarhub

ओलीको प्रश्न– निर्वाचन चिह्न हरियो किन राख्ने ?


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय चुनावअन्तर्गत मतपत्रमा निर्वाचन चिह्न हरियो रंगको राख्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आपत्ति जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

सोमबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमा यस पटक निर्वाचन चिह्न हरियो रंगको हुने जानकारी दिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : ५३ बजे

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको